दमकमा सातौँ खाद्य महोत्सव शुरु

डिसी नेपाल
२३ फागुन २०७७ २३:०८
20
Shares

दमक । झापाको दमकमा आजदेखि एक साता लामो खाद्य महोत्सव शुरु भएको छ । स्थानीय बसपार्क नजिकैको पशु हाटको मैदानमा आयोजना गरिएको साताँै खाद्य महोत्सवको आज प्रदेश–१ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री प्रदेशराम रानाले उद्घाटन गर्दै आन्तरिक तथा बाह्य पर्यटन, प्रवद्र्धनका लागि महोत्सव उपयोगी हुने बताए ।

होटल व्यवसायी सङ्घ दमकको आयोजनामा शुरु भएको महोत्सव फागुन २९ सम्म सञ्चालन हुने र महोत्सवमा स्थानीय जातिका खानाका परिकार, कृषिउपज, हस्तकलालगायतका व्यावसायिक कक्ष राखिएका छन् । महोत्सवको पहिलो दिन आज गायिका सिर्जना खत्रीको प्रस्तुति रहने र महोत्सवभरि चर्चित कलाकारको बेजोड प्रस्तुति रहेको प्रचार समितिका संयोजक काजी राउतले बताए । महोत्सवभरि ५० हजार सर्वसाधारणले अवलोकन गर्नुका साथै करीब रु ५० लाख बराबरको कारोवार हुने महोत्सवका संयोजक भूपेन्द्र न्यौपानेले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *