स्वास्थ्य शिविरमा ६ सय जनाकाे निःशुल्क उपचार

डिसी नेपाल
२४ फागुन २०७७ ७:१४

कर्णाली । गुराँस गाउँपालिका–८ दैलेख धरम पोखरामा ६ सयले स्वास्थ्योपचार सेवा लिएका छन्।

कर्णाली प्रदेश प्रहरी श्रीमती संघद्वारा आइतबार यहाँ आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६ सय स्थानीयवासीले उपचार सेवा लिएका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त, श्रीमती सङ्घका अध्यक्ष अजिता लोहनी पन्त र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसहित सहभागी रहेकाे उक्त निःशुल्क शिविरमा ६ सय स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दले जानकारी दिए।

छ डाक्टर तथा सात प्यारामेडिक्स गरी १३ जनाको टोलीले उक्त शिविरमा स्त्रीरोग तथा जनरल फिजिसियन र दाँतसम्बन्धी रोगको निःशुल्क उपचार गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए। उनका अनुसार शिविरमा ४२९ महिला र १७२ ले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *