आइएलओ अभिसन्धि १९० अनुमोदन गर्न माग

डिसी नेपाल
२४ फागुन २०७७ २३:२९

काठमाडौं । १११औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा विभिन्न सङ्घसङ्गठनले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, अनेरास्ववियुलगायतले महिला अधिकार संरक्षणका लागि ‘आइएलओ अभिसन्धि १९० पारितका लागि दबाब सिर्जना गरौँ’ भन्ने नारासहित प्रदर्शन गरेका हुन् । कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री जुलीकुमारी महतोले दिवसका अवसरमा शुभकामना दिएकी थिइन्।

सो अवसरमा ट्रेड युुनियन कांग्रेसको राष्ट्रिय महिला समितिका अध्यक्ष सुधा दाहालले दुुई दशकअघिदेखि आइएलओ अभिसन्धि पारितको कुरा उठाउँदै आए पनि अहिलेसम्म संसद्बाट अनुमोदन हुन नसकेको बताइन्। टे«ड युनियन कांग्रेसका पूर्वाध्यक्ष लक्ष्मणबहादुर बस्नेतले अभिसन्धि पारित गर्न सरकारलाई दबाब दिनुपर्नेमा जोड दिए । “अभिसन्धि पारित नभए अहिलेसम्म श्रमिक अधिकारका लागि भएका र गरिएका कार्य व्यर्थ हुनेछ”, उनले भने । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *