आगलागी हुँदा पाँच लाखको क्षति

डिसी नेपाल
२७ फागुन २०७७ १९:५७

सप्तरी । कञ्चनरुप नगरपालिका– १ मा आज आगलागी भएको छ । वडा नं १ बैरवा बस्ने दुखनीदेवी वैधको टिनको छानो भएको फुसको भुई तल्ले घरमा आगलागी हुँदा करीब रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

खाना पकाइ चुलोमाथि राखेको दाउरामा अचानक आगो सल्किन गई आगलागी हुँदा अन्न, लत्ताकपडा र नगद रु एक लाखसहित दुखनीदेवीको घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *