हरिश कल्पितको ‘ग्याब्रियले’ लोकार्पण

डिसी नेपाल
१ चैत २०७७ ८:४८
144
Shares

काठमाडौं । कथाकार हरिश कल्पितले लेखेका कथाहरुको संगालो ‘ग्याब्रियले’ लोकार्पण गरिएको छ। शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमकाबीच कथासंग्रह ‘ग्याब्रियले’ लोकार्पण गरिएको हो।

कथाकार कल्पितकी माता प्रेमकुमारी सुवेदीको ८६औँ जन्मोत्सवको अवसर पारेर उक्त पुस्तक लोकार्पण गरिएको छ। लेखककी माता र वरिष्ठ पत्रकार भैरव रिसालले उक्त कृति सार्वजनिक गरेका थिए।

कार्यक्रममा बरिष्ठ पत्रकार रिसालले कथाकार हरिशले आमाको जन्मदिनमा सदैव जीवन्त रहने उपहार प्रदान गरेकोमा खुसी व्यक्त गरेका थिए। नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा ज्ञानु अधिकारी तथा नवराज तिमिल्सिनाले समालोचकीय मन्तव्य राखेका थिए। ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *