भन्सार छलीका लुगाकपडा, चिनी बरामद

डिसी नेपाल
२ चैत २०७७ ७:२८

कैलाली । धनगढी उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट प्रहरीले रु एक लाखभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ। भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल गरी अन्दाजी रु एक लाख १८ हजार ९०० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि आइतबारै त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको बताइएको छ।

धनगढी उपमहानगरपालिका–१९ खेदाबाट रु एक लाखभन्दा बढीका भन्सार छलीका सामान प्रहरीले आइतबार बरामद गरेको छ। भन्सार छली ल्याइरहेको अवस्थामा ३० बोरा चिनी, मोबिल र प्लाष्टिकको डोरी गरी रु एक लाख सात हजार १०० बराबरका सामान बरामद गरिएको प्रनाउ विष्टले जानकारी दिए। बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको बताइएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले कैलालीको कैलारी गाउँपालिका–७ रामपुरबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

चेकजाँचका क्रममा प्लाष्टिकको बट्टाभित्र Chlorpheniramine maleated and codeine phosphate syrup लेखिएको लागुऔषध सिसी थान–४० सहित सोही ठाउँका रामविलास चौधरीलाई पक्राउ गरिएको प्रनाउ विष्टले जानकारी दिए। निज चौधरीलाई पक्राउ गरी लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *