ओली समूहसँगको वार्तामा जानु पूर्व नेपाल समूह आन्तरिक छलफलमा
माधव नेपाल। फाइल फाेटाे।
काठमाडौं । माधवकुमार नेपाल समूहको बैठक बानेश्रमा जारी छ। केपी शर्मा ओलीले वार्ताका लागि बोलाएपछि नेपाल समूह आन्तरिक तयारीमा जुटेको बताइएको छ।
नयाँ बानेश्वरको अर्याल होटलमा बसिरहेको बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, भीम रावललगायतका नेताहरु रहेका छन्।
ओली समूहले ४ जना वार्ताका लागि नाम तयार गरेपछि नेपाल समूहबाट कोको वार्तामा जाने भन्ने विषयमा छलफलका लागि आन्तरिक बैठक बसेको एक नेताले जानकारी दिए।
सोही छलफलबाट ओली समूहसँग वार्ताका लागि धुम्बारही स्थित पार्टी कार्यालय जाने समूहको पनि तय हुने छ। ति नेताका अनुसार यो छलफल चैत ३÷४ गते गरिने राष्ट्रिय भेलाको तयारीका लागि भएको हो।
ओली समूहबाट वार्ताका लागि प्रधानमन्त्री ओली, ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली वार्तामा सहभागि हुने भएका छन्। वार्ता अहिले ११ बजे पार्टी कार्यालय धुम्बारहीमा बस्ने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment