नेपाल–इजरायलको सम्बन्ध  ६० वर्ष पूरा

डिसी नेपाल
६ चैत २०७७ १४:४५

काठमाडौं। नेपालस्थित इजरायली राजदूतावासले नेपाल र इजरायलबीचको सम्बन्ध ६० वर्ष पूरा भएको अवसरमा औपचारिक कार्यक्रम गरी मनाएको छ। नेपाल र इजरायल बिचको सम्बन्धको ६० वर्ष वर्ष पूरा भएको अवसरमा बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी मनाइएको हो।

आयोजित कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले इजरायलले कृषि प्रविधिमा हासिल गरेको उपलब्धि नेपालको लागि युगान्तकारी हुने बताए। उनले आगामी आर्थिक वर्षबाट नेपाल सरकार र इजरायल सरकारको संयुक्त कार्यक्रम सेन्टर फर एक्सलन्स सुरु हुने पनि जानकारी दिए।

कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले नेपाल र इजरायलबीचको सम्बन्ध अरुभन्दा पृथक रहेको बताए। नेपाल र इजरायलबीचको सम्बन्धलाई थप सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले दुई देशबिचमा साझा चुनौतीको सामना गर्न सहकार्यका लागि तयार रहेको बताए।

इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो भने मार्च १९६१ मा इजरायलले नेपालमा आफ्नो दूतावास स्थापना गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *