प्रि–मनसुन सुरु : प्राकृतिक विपद् न्युनिकरण गर्न सरकारी तयारी कस्तो छ?

तर्कबहादुर थापा
१० चैत २०७७ ७:३५

काठमाडौं। अंग्रेजी मार्च महिना सुरु भएपछि प्रि–मनसुन पनि सुरु हुन्छ। प्रि–मनसुन सुरु भएपछि यस वर्षको जाडोयाम समाप्त भएको मानिन्छ। जल तथा मौसम विज्ञान विभागले बुलेटिन प्रकाशित गरेर मार्च १ देखि यस वर्षको जाडोयाम अन्त्य भइ प्रि–मनसुन सुरु भएको जनाएको थियो।

अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने मौसमविद् मिन अर्याल बताउँछन। ‘मार्च महिनादेखि सुरु भएको प्रि–मनसुन मे महिनासम्म चल्छ। यो प्रि–मनसुनमा नै १३ प्रतिशत वर्षा हुन्छ। मनसुन मे १० गतेसम्म नेपालभर फैलिएको पाइन्छ,’ मौसमविद् अर्यालले डिसी नेपालसँग भने।

मौसमविद् अर्यालका अनुसार यो समयमा साँझतिर मेघगर्जन, चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ। मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ।

कसरी हेरिन्छ मौसम ?

मौसमविद् अर्यालले विभिन्न माध्यामबाट मौसमको पूर्वानुमान गर्ने गरेको बताए। उनले भने, ‘हामीले भू–उपग्रहको तस्वीर हेरेर मौसमको पूर्वानुमान गर्छौ। यस्तै अर्को विधि भनेको गणितीय मोडेल पनि हुन्छ। जुन कम्युटराइज गरिएको हुन्छ। त्यसबाट पनि हेर्ने गर्छौं।’

हावाको प्याटन र वायुमण्डलको तल्लो तहदेखि कति किलोमिटर माथिसम्म बादल तयार भयो भन्ने कुराले पनि मौसमको पूर्वानुमानमा सहयोग गर्ने उनले बताए। उनका अनुसार वायुमण्डलमा बन्ने उच्चचापीय क्षेत्र र न्यूनचापीय क्षेत्र हेरेर पनि मौसमको पूर्वानुमान गर्न सकिन्छ।

नेपालमा वर्षेनी मनसुनका बेला ठूल–ठूला प्राकृतिक विपद् आउने गरेका छन्। बाढी पहिरो, आगोलागी, चट्याङ लगायतका विपद्हरु आउने गर्दछन्। अहिले पनि प्रि–मनसुन सुरु भएसँगै सरकारले पनि  विपद् न्युनिकरणाका लागि तयारी गरेको छ।

‘ प्रि–मनसुन पिरियडमा बादल वायुमण्डलको तल्लो सहतबाट ५देखि २० किलोमिटर माथिसम्म बनेको हुन्छ’, मौसमविद् अर्यालले भने।
‘हामीले ‘रेडियो सन’ भन्ने यन्त्रले वायुमण्डलको अवस्था बुझ्दछौं,’ अर्यालले भने, ‘बेलुनमा राखेर पनि एउटा टुल्स उडाइन्छ। जसले मौसमको प्यारामिटरको बारेमा जानकारी गराउँछ।’

न्यूनचापीय क्षेत्रको लामो लहरा भयो भने मेघ गर्जन सहितको वर्षा हुने गरेको अर्यालले बताए। यस्तो अवस्थालाई ‘स्काइल लाइन’ भनिने उनको भनाइ छ। ‘१÷२ घण्टा अगाडि पनि केहीकुरा पत्ता लाग्छ। जस्तो हावाको गति कति छ र कुन दिशा तर्फ छ भन्ने कुरा हेर्छौ। यसलाई ‘नाउ काष्टिङ भनिन्छ,’ अर्यालले भने।

सरकारको तयारी के छ ?

नेपालमा वर्षेनी मनसुनका बेला ठूल–ठूला प्राकृतिक विपद् आउने गरेका छन्। बाढी पहिरो, आगोलागी, चट्याङ लगायतका विपद्हरु आउने गर्दछन्। अहिले पनि प्रि–मनसुन सुरु भएसँगै सरकारले पनि  विपद् न्युनिकरणाका लागि तयारी गरेको छ।

सरकारले गृहमन्त्रालय अन्तर्गत रहने गरी राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको स्थापना भएको छ। २०७६ सालको मंसिरमा स्थापना भएको प्राधिरणले आफ्नो काम सुरु गरेको थियो।

‘हामी स्थापना भए पनि कोरोनाका कारण गत वर्ष पूर्व तयारी गर्न सकिएको थिएन,’ प्राधिरणका प्रवक्ता जनार्दन गौतमले भने, ‘जनशक्ति पनि प्राप्त नभएको र कोरोनाका कारण लकडाउन भएकाले प िनगत वर्ष पूर्व तयारी गर्न नसकिएको हो।’

उनका अनुसार प्राधिरणले यो वर्ष चट्याङ, हावाहुरी र प्रि–मनसुनमा हुने प्राकृतिक विपद्बाट बच्ने उपायहरुको बारेमा सन्देश र सूचना मुलक सामग्री तयार पारी प्रकाशन तथा प्रशारण गर्दै आएको छ।

प्राधिकरणले जोखिमका क्षेत्रहरुको पहिचान गरेर ति क्षेत्रहरुमा हुने जोखिमबाट बच्न के कस्ता काम गर्न सकिन्छ भन्नेबारे सरकारलाई रिपार्ट गर्ने गरेको पनि प्रवक्ता गौतमले जानकारी दिए।

गौतमले भने, ‘एका तिर प्राकृतिक प्रकोपबाट बच्न, सुरक्षित हुन र सजग रहन हामीले सूचनाहरु प्रकाशन तथा प्रशारण गर्ने गरेका छौं भने अर्को तिर, जोखिमका ठाउँहरु पहिचान गरेर विपद पोर्टलमा राख्ने र त्यस जोखिमका ठाउँहरुलाई सुरक्षित गर्न पनि सरकारलाई सुझाव दिने काम गरेका छौं।’

विपद्का लागि सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुले पनि आ–आफ्नो तर्फबाट काम गरिरहेको अवस्थामा एकद्वार प्रणालीबाट काम गर्ने गरी पनि तयारी भइरहेको उनको भनाइ छ। ‘प्राधिरणले आ–आफ्नो तरिकाले काम गरिरहेका सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरुलाई पनि एक द्वारबाट काम गर्ने र गराउने तयारी गरिरहेको छ,’ प्रवक्ता गौतमले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *