कतारमा कोरोना संक्रमण बढेपछि नेपालीलाई सचेत रहन आग्रह(विज्ञप्तिसहित)
काठमाडौं। कतारले कोरोना भाइरसको जोखमपूर्ण मानिएको दोस्रो लहरलाई नियन्त्रण गर्न कतार सरकारले यही मार्च २६ देखि लागू हुने गरी ३३ बुँदे निर्देशन जारी गरेको छ।
संक्रमण नियन्त्रणका लागि जारी गरेको सो निर्देशनलाई कतारस्थित नेपाली दूतावासले पनि पूर्ण पालना गर्न र कोभिड–१९ को संक्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न नेपाली समुदायलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ।
कतारले सार्वजनिक पार्क, समुद्रि किनारालगायत सार्वजनिक स्थलहरु बन्द गरी त्यस प्रकारका स्थानहरुमा एकै परिवारका दुई जनाभन्दा बढीलाई प्रवेश नदिइने बताएको छ।
व्यापारिक मलमा हुने क्रियाकलापलाई ३० प्रतिशत सीमित गरिएको भन्दै कतारले १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई मल तथा पार्कहरुमा जान बन्देज लगाएको छ। त्यस्तै, यसअघि झैं घरबाट बाहिर निस्किदा चालु अवस्थामा रहेको ‘एथराज एप’ मोबाइलमा अपलोड गर्न भनेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment