स्युचाटार तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता च्याम्पियन

डिसी नेपाल
१५ चैत २०७७ २२:३८
36
Shares

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्र नगरमा सम्पन्न तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि स्युचाटार तेक्वान्दो डोजाङले जितेको छ । उपाधि जित्ने क्रममा स्युचाटारले ४ स्वर्ण,२ रजत तथा दुइ काश्य पदक हात पारेको हो । ३ स्वर्ण, दुई रजत तथा दुई काश्य पदक जितेको सुपरस्टार दोस्रो तथा २ स्वर्ण,१ रजत तथा १ काश्य पदक जितेको जुगेडा तेक्वान्दो डोजाङ तेस्रो भए ।

ग्योरोगीमा सुपरस्टारकी निलिमा मल्ल तथा पुम्सेमा स्युचाटारकी मोनीका रम्तेल उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियेगितामा विजयी टोली तथा खेलाडीलाइ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पुरस्कार प्रदान गरे । पुरस्कार वितरण समारोहमा कर्णाली प्रदेशका सदस्य सचिव विश्वामित्र सञ्जेल, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास शमसेर राणा, बरिष्ठ तेक्वान्दो प्रशिक्षक अर्जुन विक, ओलम्पियन संगीना बैद्य, तेक्वान्दो मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठ तथा तेक्वान्दो प्रशिक्षक नोर्बु लामा र मनोज खड्गीको पनि उपस्थिती थियो ।

साथमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुबास श्रेष्ठ पनि उपस्थित थिए । आयोजक नेपाल तेक्वान्दो संघ महिला शशक्तिकरण समितीकी संयोजक नन्दा बस्यालको सभापतीत्वमा कार्यक्रम भएको हो ।

कार्यक्रमको दौरान तेक्वान्दो खेलाडी सुर्खेतकी ज्ञानी चुनारालाई सम्मान गरिएको थियो ।चुनााराको साथमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य एकेन्द्र कुँवर र तेक्वान्दो खेलाडी अर्जुन गोतामेलाई सम्मान गरियो ।

नेपाल तेक्वान्दो संघ, महिला शशक्तीकरण समितीको आयोजनामा भएको प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश खेलकुद संघको सहयोग रहेको थियो ।

प्रतियोगितामा च्याम्पियन टोलीले १ लाख ,उपविजयी टोलीले ५० हजार तथा तेस्रो हुने टोलीले २५ हजार रुपैया पुरस्कार पाए । उत्कृष्ट खेलाडीले २५ हजार रुपैया पाउने छन् । ब्यक्तिगत तर्फ स्वर्ण पदक वापत ३, रजत पदक वापत २ तथा काश्य पदक वापत १ हजार रुपैया पुरस्कार पाए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *