त्रिदेशीय कप : पहिलो हाफमा नेपाललाई २ गोलको अग्रता

डिसी नेपाल
१६ चैत २०७७ १८:४२
252
Shares

काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा अहिले बंगलादेशसँग अग्रता बनाएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले २–० को अग्रता बनाएको छ ।

खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । मिडफिल्डर संजोकको यो डेब्यु गोल हो । संजोकले शनिबार बंगलादेशसँगको खेलमै राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए ।

यस्तै खेलको ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएका हुन् ।

घरेलु टोली नेपालले खेलको सुरुवात देखिनै बंगलादेशलाई दबाव दिइरहेको छ।

पहिलो हाफको १६ औं मिनेटमा अनन्त तामाङले प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरिएको थियो। यस्तै खेलको २९ औं मिनेटमा पाएको सुनौलो अवसरमा अञ्जन विष्ट गोल गर्न चुके उनले फ्रि बारमा प्रहार गर्दा बल गोल पोष्ट नजिकै माथिबाट बाहिरीयो।

यस्तै खेलको ४२ औं मिनेटमा अनन्त तामाङले पनि गोल गर्ने सुनौलो अवसर खेर फाले। वान टु वानमा उनले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन्।
नेपाली सिनीयर टोलीले लामो समयपछि दशरथ रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ ।

अपेक्षा अनुसार प्रर्दशन गर्न नसकेको नेपालले आजको खेलमा भने उत्कृष्ट प्रर्दशन गर्दै उपाधि कब्जा गर्ने लक्ष्य लिएको छ। यसअघि बिहीबारको पहिलो खेलमा नेपालले किर्गिस्तासँग गोल रहित बराबरी खेलको थियो भने बंगलादेशसँग पनि गोलरहित बराबरी खेल्दै फाइनलको यात्रा तय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *