इराकमा नेपालीले मनाए होली

डिसी नेपाल
१७ चैत २०७७ १९:११

कुर्दिस्तान । इराकमा रहेका नेपालीहरुले यसपटकको होली निकै हर्षोल्लासका साथ मनाएका छन् । इराकको कुर्दिस्तान प्रान्तको एर्बिल, सुलेमानी र दुहोक शहरमा धेरै नेपालीहरु श्रम गरिरहेका छन् । त्यहाँ रहेका नेपालीहरुले हरेक चाडपर्व निकै हर्षोल्लासका साथ मनाउने गरेका छन्।

कुर्दिस्तानमा इन्डियन मार्केट पनि धेरै खुलेकाले दशै , तिहार र अन्य चाड मनाउन का लागी सम्पुर्ण सामान सहजै उपलब्ध छ। जसका कारण अन्य वर्षको तुलनामा यो वर्ष सम्पुर्ण चाड धेरै नेपालीहरुले मनाएका छन् ।

यहाँ खोलिएका नेपाली रेस्टुरेन्ट एण्ड र बारहरुमा पनि चाडवाड को समयमा कार्यक्रम राखिने भएको हुँदा मनोरन्जन गर्न र चाडवाड मनाउन आउने गर्दछ्न्। धेरै नेपालीहरुले यो पटक होली खुलेर मनाएका छन् । केही कम्पनिहरुमा इन्डियन र नेपाली कामदारहरु रहेका छन् जसमा दुवै देशका नागरिकले मिलेर होली मनाएका छन् ।

कुर्दिस्तानमा दशैँ, ल्होसार, तिज जस्ता चाडवाडमा यहाँका संस्थाहरुमार्फत कार्यक्रम राख्ने गरिन्छ जसमा पनि धेरै नेपालीहरु उपस्थिति हुन्छन् । यहाँ आयोजना गरिएको कार्यक्रममा स्थानिय प्रशासन बाट पनि साथ र सहयोग प्रदान गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *