विभागद्वारा ठगीबाट बच्न कतार प्रहरीमा नजान आग्रह (सूचनासहित)
काठमाडौँ । वैदेशिक रोजगार विभागले कतार प्रहरीको लागी माग नआएकाले युवाहरुलाई सचेत हुन आग्रह गरेको छ । कतार प्रहरीको नाममा हुनसक्ने सम्भावित ठगीबाट बच्न विभागले सूचनामार्फत यस्तो आग्रह गरेको हो ।
हाल कतारमा नेपाली कामदार पठाउने कार्य जारी रहेपनि कतार प्रहरीको लागि भने दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण र विभागबाट कुनै पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको भन्दै विभागले जानकारी गराएको छ ।
‘वैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा नेपाली कामदार पठाउने कार्य निरन्तर रुपमा जारीरहेको भएता पनि कतार प्रहरीको लागि हाल कतारस्थित नेपाली राजदूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भई नआएको र यस विभागबाट हाल कुनै पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको हुँदा कतार प्रहरीको नाममा हुनसक्ने सम्भावित ठगीबाट बच्न सरोकारवाला सम्पूर्णमा हार्दिक अनुरोध छ ।’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
कतार प्रहरीको रुपमा काम गर्ने गरी रोजगारीमा लैजाने भन्दै विभिन्न व्यक्ति तथा संस्थाहरुले नेपाली नागरिकहरुलाई प्रलोभनमा पारी राहदानी लगायतका कागजातहरु संकलन गर्ने, अन्तर्वार्ता लिने तथा रकम माग गर्ने लगायतका अवैधानिक कार्यहरु गरिराखेको सूचनाको आधारमा विभागले यस्तो कार्यबाट बच्न भनेको हो ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment