बर्माका नागरिकको जीवन रक्षा गर्न माग

डिसी नेपाल
२३ चैत २०७७ १३:२८
68
Shares

काठमाडौँ। म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ । यही चैत २५ गते साँझ ६ः३० बजेदेखि ७ बजेसम्म बौद्धनाथ महाचैत्य अगाडि मुखमा कालोपट्टी बाँधी हातमा मैनवत्ती लिएर प्रदर्शन गर्ने कार्यक्रम रहेको महासचिव रामकृष्ण बरालले जानकारी दिए।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार उत्तम पुडासैनीसहित नागरिक अगुवाको सहभागिता रहने जनाइएको छ।

यसअघि ललितपुरस्थित बर्मेली दूतावास अगाडि र संयुक्त राष्ट्रसङ्घ कार्यालय अगाडि विरोध प्रदर्शन गरिसकेको छ भने शान्ति समाजका जिल्ला शाखाले एक दर्जन भन्दा बढी जिल्लामा बर्मामा लोकतन्त्र र शान्ति बहालीको मागसहित प्रदर्शन गरिसकेका छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *