नव नियुक्त पर्यटन दूत पहारीलाई सम्मान

डिसी नेपाल
२४ चैत २०७७ ८:११

काठमाडौं । अमेरिकाको जर्जिया राज्यका लागि नव नियुक्त पर्यटन दूत दीपक पहारीलाई सम्मान गरिएको छ। लामो समयदेखि नेपाली समाजका लागि योगदान पु-याउँदै आएका पहारीलाई सरकारले  अमेरिकाको जर्जिया राज्यका लागि अनररी पब्लिक रिलेशन रिप्रेजेन्टेटिभमा नियुक्त गरेको हो।

कार्यक्रममा सहभागिहरुले नेपालको पर्यटन प्रवर्धनका लागि आगामी दुई वर्षमा के–के गर्न सकिन्छ भन्ने सम्भावनालाई औँल्याउँदे पहारीलाई सुझाव दिएका थिए। पहारीले आफूलाई सरकारले जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै शतप्रतिशत जिम्मेवारी पुरा गरेर देखाउँने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

आफूले युवाअवस्थादेखि नै नेपालको पर्यटन क्षेत्रमा संलग्न रहेको सुनाउँदै पहारीले भने सरकारले दिएको ऐतिहासिक जिम्मेवारीलाई सफल पारेर देखाउँछु। उनले कार्यक्रमबाट प्राप्त सुझावहरुलाई आत्मसाथ गरेर अगाडी बढ्ने बताए।

कार्यक्रममा पहारी दम्पतिलाई नै सम्मान गरिएको थियो। एनआरएनएका जर्जिया फोकल पर्शन दिलिपकुमार बानियाँले पहारीले नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा पत्रकार प्रेम बानियाँ, वाशु पराजुलीलगायतका व्यक्तिहरुले पहारीलाई शुभकामना दिँदै नेपाललाई विश्वमा चिनाउँन र विशेष गरी नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका थिए।

शनिबार एटलान्टामा आयोजना गरिएको बधाई कार्यक्रम  नेप्लिज एशोसिएशन अफ जर्जिया (नाग) का संस्थापक सीके पराजुलीको अध्यक्षतामा सम्पन्न भएकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *