दक्षिण अफ्रिकामाथि धमाकेदार जितसहित पाकिस्तान बन्यो १०० टि ट्वान्टी जित्ने टिम

डिसी नेपाल
२८ चैत २०७७ २२:२८
252
Shares

काठमाडौं। दक्षिण अफ्रिका भ्रमणमा रहेको पाकिस्तानले शनिबार भएको पहिलो टि ट्वान्टीमा धमाकेदार जित हात पारेको छ। पाकिस्तानका लागि सयौं जित हात पार्नेक्रममा उसले दक्षिण अफ्रिाकामाथि एक बल बाँकीरहँदा १८९ रन बनाएर ४ विकेटले जित निकाल्यो।

दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै १८८ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको पाकिस्तानका लागि मोहम्मद रिजवानले नटआउट ७४ रन बनाए भने फइन असर्फले १४ बलमा ३० रनको विस्फोटक इनिंग खेले।

पाकिस्तानको यो १०० औं जित थियो। क्रिकेटको सबैभन्दा नयाँ तथा छोटो प्रारुपमा पाकिस्तान १०० खेल जित्ने पहिलो टिम बनेको छ। यो जितसँगै पाकिस्तानले सिरिजमा १–० को अग्रता पनि लिएको छ। पाकिस्तानले जारी दक्षिण अफ्रिका भ्रमणका क्रममा एकदिवसीय सिरिज पनि जितेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *