धोनीलाई ३ झट्काः शुन्यमा आउट भए, खेल हारे अब सजाय पनि भोग्नुपर्ने

डिसी नेपाल
२९ चैत २०७७ १२:२७

काठमाडौं। भारतको राष्ट्रिय टोलीका पूर्वकप्तान तथा आइपिएल टिम चेन्नइ सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनीलाई एकै पटक ३ झट्का लागेको छ । गएराती दिल्ली क्यापिटल्ससँग भएको खेलमा चेन्नइ सुपरकिंग्स पराजित भएको छ । सिजनको पहिलो खेलमै हारेका धोनी खेलमा ब्याटिङमा पनि असफल रहेका थिए ।

धोनी गएराती भएको खेलमा शुन्यमै आउट भएका थिए । अब धोनीले सजाय पनि पाउने भएका छन् । ७ विकेटले गुमाएको खेलमा धोनीको टिमले ढिलो बलिङ गरेका कारण कप्तान धोनीमाथि जरिवाना लगाइएको छ । स्लो ओभर रेटका कारण कप्तान धोनीले अब १२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । उनको टिम दिल्ली क्यापिटल्सविरुद्ध ढिलो ओभरको गतिको दोषी पाइएको आइपिएलले एक विज्ञप्तिमा जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *