नेपाली युवा क्रिकेट टोलीलाई चौधरी ग्रुपको साथ

डिसी नेपाल
३० चैत २०७७ ११:२४
136
Shares

काठमाडौं । नेपालको सफल व्यवसायिक घराना चौधरी ग्रुपले नेपाली यु–१९ क्रिकेट टोलीलाई पुनः साथ दिने भएको छ । करिव ४ बर्षको अन्तराल पछि नेपाली यु–१९ टोलीलाई चौधरी गु्रपले वाईवाई मार्फत प्रायोजन गर्ने भएको हो । सोमवार एक कार्यक्रम बीच नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्द र सिजी गु्रपका निर्वाणा चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरका छन । सम्झौता पत्रमा उल्लेख भए अनुसार चौधरी ग्रुप (वाईवाई)ले अब नेपाली यु–१९ क्रिकेट टोलीलाई हरेक बर्ष ७ मिलीयन रुपैया प्रदान गर्नेछ । सम्भौता ५ बर्ष सम्मको लागि गरिएको छ । साथै हरेक दुई वर्षमा रकम १० प्रतिशत वृद्धि गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

एक समय चौधरी ग्रुपको प्रमुख उत्पादन वाइवाई र नेपाली क्रिकेट पर्यायवाचीजस्तै थिए। नेपाल क्रिकेट संघ (क्यान) निलम्बन हुनु अघिसम्म हरेक उमेर समूहदेखि राष्ट्रिय प्रतियोगितासम्म मुख्य प्रायोजकमा वाइवाई जोडिन्थ्यो। खेलाडीको जर्सी, होर्डिङ बोर्ड, ब्यानर जताजतै वाइवाईकै लोगो देखिन्थे । चार वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले क्यानलाई निलम्बन गर्‍यो। योसँगै आधिकारिक घरेलु क्रिकेट प्रतियोगिता ठप्प भए। अनि क्रिकेटसँग चौधरी घरानाको सम्बन्धमा पनि ‘ग्याप’ आयो। यस पटक वाईवाईले नेपाली यु–१९ क्रिकेट टोलीको घरेलु र राष्ट्रिय टोलीलाई प्रायोजन गरेको हो । सम्झौताबापतको रकम यू–१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च गरिने छ । आर्थिक अभावका कारण सिनीयर तथा युथ टोलीको प्रयोजकको खोजीमा रहेको क्यानलाई यो सम्झौताले राहत मिलेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *