सुकदेव र ज्योति ओभरअल विजेता

डिसी नेपाल
३० चैत २०७७ ११:४६

काठमाडौं । सुकदेव कार्की र ज्योति थापा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा ओभरअल विजेता बनेका छन् । सुकदेव पुरुष तथा ज्योति महिलातर्फ च्याम्पियन बनेका हुन् । नेपाल पावर लिफ्टिङ संघद्वारा आयोजित प्रतियोगितामा सुकदेव र ज्योति आ–आफ्नो स्पर्धामा पनि पहिलो भए । सुकदेव ५९.१–६६ केजी तथा ज्योति ६० केजीमुनि तौलसमूह पहिलो भईन । दुवैले ओभरअल विजेता बनेवापत ५१ हजार नगद पुरस्कार हात पारे । स्पर्धामा पहिलो भएवापत दुवैलाई छुट्टै जनही १० हजार नगदबाट पुरस्कृत गरियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमुनि हर्क राई, ६६.१–७४ केजीमा रविन राई, ७४.१–८३ केजीमा ओजशचरण जोशी, ८३.१ देखि ९३ केजीमा आदित्य चौधरी र ९३ केजीमाथि डा. मोहित कार्की पहिलो भए । महिला ६० केजीमाथि सुजिता मानन्धरले शीर्ष स्थान हात पारिन् । पुरुष भेट्रानको ४०–५० वर्षमा टेकेन्द्र गुरुङ तथा ५० वर्षमाथि राजकुमार घजु पहिलो बने । १० स्पर्धामा समावेश प्रतियोगिताको हरेक स्पर्धामा पहिलो हुनेलाई १० हजार, दोश्रोलाई ५ हजार र तेश्रोलाई ३ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक समितिका सचिव सुरेश सुवेदीले जनाए । एकदिने प्रतियोगितामा ७३ पुरुष र २८ महिला गरी १ सय १ खेलाडी सहभागी थिए । अमेरिकामा बस्दै आएका पावर लिफ्टिङका मास्टर्सतर्फका दुई पटकका विश्व च्याम्पियन स्व. रुप कार्कीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको थियो । नेपालमै रहेका बेला केहि महिनाअघि उनको हृदयघाटका कारण निधन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *