इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा सरोजलाई दोहोरो स्वर्ण

डिसी नेपाल
३० चैत २०७७ १२:०६

काठमाडौं । भारतका सरोज गुरुङले दोश्रो इन्डो–नेपाल खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जितेका छन् । राष्ट्रिय तेक्वान्दो संघ नेपाल र अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपाल (इमान) द्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ३१ वर्षमाथि एकल पुम्से र सोही उमेरसमूहको टिम पुम्सेमा सरोजले स्वर्ण जिते । टिममा सरोजसहित त्रिलोक सुब्बा र राधाबहादुर तामाङ थिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगिताको पुम्सेतर्फनै महिला १८–३० वर्षमा बोधीसदन तेक्वान्दो डोजाङकी सविना भट्टराई, पुरुष ४१–५० वर्षमा टीसीएन तेक्वान्दो डोजाङका मानबहादुर वाइबा र पुरुष ५१ वर्षमाथि भारतका त्रिलोक सुब्बाले स्वर्ण जिते ।

प्रतियोगिताको उद्घाटन राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच गरेका थिए । सदस्य–सचिव सिलवालले पहिलो दिनका विजेतालाई पुरस्कृत समेत प्रदान गरेका थिए । उद्घाटनका अवसरमा राष्ट्रिय तेक्वान्दो संघ नेपालका वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, उपाध्यक्षद्वय प्रेम भुजेल र ध्रुवबहादुर गुरुङ, महासचिव राजकुमार कार्की, प्रमुख प्रशिक्षक हरिबहादुर बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा नेपालबाट ४ सय ४० र भारतबाट ६० गरी ५ सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *