भारतीय क्लब विरुद्व योगेन्द्रले बनाए अविजित १७१ रन

डिसी नेपाल
३० चैत २०७७ १३:३७

काठमाडौं । भारतको सिक्किममा जारी कञ्चनजंघा सिल्ड ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबका अलराउन्डर योगेन्द्रसिंह कार्कीले शानदार शतक प्रहार गरेका छन । सिक्किमको स्थानिय क्लब गेइजिङ तथा जिल्ला क्रिकेट कल्याण संघविरुद्धको खेलमा अविजित १७१ रन बनाएका छन् ।

जारी खेलमा ११७ बलको सामना गर्ने क्रममा उनले १८ चौंका र ७ छक्का प्रहार गरे । टोलीका लागि शंकर राणाले पनि अर्धसतकिय पारी खेले । ६६ बलको सामना गर्दै उनले ६५ रन बनाउने क्रममा ८ चौंका र २ छक्का प्रहार गरे । टस हारेर ब्याटिङ निम्तो पाएको पाहुना टोली नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर ३८६ रन बनायो । पुलिसका अविनाश कर्णले पनि आठौं नम्बरमा ब्याटिङ गर्ने क्रममा ५० बलमा ४२ रन बनाए । खेलमा सिद्वान्त लोहनीले ३२ र दिलीप नाथले १२ रन बनाए । ३८७ रन बनाएको गेइजिङ तथा जिल्ला क्रिकेट कल्याण संघले अहिले ब्याटिङ गरिरहेको छ ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *