८ महिनाकी गर्भवती खेलाडीले तेक्वान्दोमा स्वर्णपदक जितिन्

डिसी नेपाल
३१ चैत २०७७ ११:२५

काठमाडौं। ८ महिनाकी गर्भवती खेलाडीले तेक्वान्दोमा स्वर्णपदक जितेकी छिन् । २६ वर्षकी अमिनत इदरिसले गर्भावस्थाको झण्डै अन्तिम महिनामा प्रतियोगितामा भाग लिएर स्वर्णपदक जितेकी हुन् । इदरिस नाइजेरियाकी हुन् । द सनको रिपोर्टअनुसार इदरिसले आफ्नो देशमा हरेक २ वर्षमा हुने नेशनल स्पोर्टस फेस्टिभलमा तेक्वान्दोमा स्वर्ण पदक जितेकी हुन् ।

उनले प्रतियोगितामा तेक्वान्दोको ‘मिक्स्ड पुम्से’ विधामा यो उपलब्धी हासिल गरेकी हुन् । आयोजकले यसको जानकारी दिँदै इदरिसको सफलता अरुको लागि प्रेरणादायी भएको बताए । नेशनल स्पोर्टस फेस्टिभलले आफ्नो ट्वीटरमा उनको भिडियो शेयर गर्दै यसको जानकारी दिएको छ । उनले पुम्सेमा स्वर्णसँगै अन्य विधामा पनि पदक जितेकी छिन् । रिपोर्टमा अनुसार यो प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्ने खेलाडी उनी नै हुन् ।

उनले अन्य नन कम्ब्याट वर्गमा पनि पदक जितेकी छिन् । प्रतियोगितापछि उनले यो आफ्नो सबैभन्दा ठूलो उपलब्धी भएको बताइन् । उनले डाक्टरसँग सल्लाहपछि खेल्नको लागि अनुमति पाएकी थिइन् । उनले आफू गर्भवती भएको थाहा पाएपछि प्रतियोगितामा भाग लिन पाउँदिन कि भन्ने डर लागेको बताइन् । गर्भावस्थाका कारण आफूलाई कुनै ठूलो समस्या भने नभएको उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *