त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि नेदरल्यान्ड्सको टोली काठमाडौंमा

डिसी नेपाल
३१ चैत २०७७ १३:१०

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको लागि नेदरल्यान्ड्सको राष्ट्रिय क्रिकेट टोली काठमाडौं आईपुगेको छ । कतार एयरवेजको विमानबाट टोली आज (मंगलवार) बिहान काठमाडौं आईपुगेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्न टोली काठमाडौं आएको हो । प्रतियोगितामा सहभागिता जनाउन अर्को टोली मलेसिया पनि काठमाडौं आउदै छ ।

क्यानले सार्वजनिक गरेको तालिका अनुसार सिरिजमा नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल वैशाख ४ मा नेपाल विरुद्व खेल्ने छ । प्रतियोगिता पहिलो दिने हुने सो खेल नेपाली समय अनुसार दिउसो १.१५ बजे सुरु हुनेछ । सिरिजका सम्पूर्ण खेलहरु टियु क्रिकेट मैदानमा हुनेछ । बैशाख ४ देखि ११ गतेसम्म हुने सिरिजमा घरेलु टोली नेपालसँगै नेदरल्यान्ड्स र मलेसियाको सहभागिता रहेको छ । सिरिजमा नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेल वैशाख ५ गते मलेसिया बिरुद्व खेल्नेछ । तेस्रो खेलमा नेदरल्यान्ड्स वैशाख ७ गते पुनः नेपाल बिरुद्व खेल्नेछ भने वैशाख ८ गते आफ्नो सिरिजको लिगको अन्तिम खेल मलेसिया बिरुद्व खेल्नेछ । लिगमा शीर्ष दुईमा रहने टोलीले वैशाख ११ गते फाइनल खेल्ने छ । क्यानले त्रिकोणात्मक मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्ने छ । मुख्य प्रायोजनमा बजाज पल्सर रहेको छ ।

नेदरल्यान्ड्सका खेलाडीहरु :

पिटर सीलार, टोबियास भिसे, बेन कूपर, म्याक्स ओड, बास डि लीडे, विक्रमजीत सिंह, स्कट एडवर्ड्स, आर्यन दत्त, फिलिप बोइसेभैन, पल भ्यान मेकिरेन, भिभियन किंग्मा, टनी स्टील, सेबस्टियान ब्राट र जुलियन डे मे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *