सरकार ढलाउने सपना नदेखे हुन्छ : मन्त्री रायमाझी

डिसी नेपाल
३१ चैत २०७७ २०:१६

अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार कसैले ढलाउन नसक्ने बताएका छन् । उनले सरकार ढलाउन नसक्ने देखेपछि नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको बताए । माओवादीले समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने अवस्था नभएको दावी उनको थियो ।

प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताए । यदी माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमालेले अन्य दलको समर्थन जुटाएर सरकार बनाउने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरकुङ्शतावादी हो या लोकतन्त्रवादी हो भनेर समयले बताउने उनले तर्क गरे । देशलाई निकास दिने पार्टी एमाले र नेता केपी ओलीमात्र भएको उनको जिकिर थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *