गण्डकीमा कांग्रेस-माओवादी सरकार बनाउने प्रयास असफल, जनमाेर्चा सांसदद्वारा हस्ताक्षर गर्न अस्वीकार

डिसी नेपाल
२८ वैशाख २०७८ १५:३७

काठमाडाैं। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने कांग्रेस-माओवादीसहित चार दलको प्रयास असफल भएको छ।

वैशाख २६ गते पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई ३ दिनकाे समय दिएकी छन्। उक्त समयसीमा आज सकिँदैछ।

कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए । कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद छन्।

गण्डकीमा राष्ट्रिय जनमाेर्चाका ३ जना सांसद छन्। अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भए पनि दलका नेता थापाले नमानेका कारण कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *