चिकित्सक संघले घोषणा गर्यो रेड अलर्ट
काठमाडों। कोरोना महामारी तिव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ। संघले बुधबार एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपील छ।
दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ। सरकारले बेलैमा आवश्यक तयारी नगर्दा आज भयावह परिस्थिति सिर्जना भएको संघको ठहर छ। राजनीतिक जोड घटाउमा भन्दा पनि सबै दलहरुलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न राष्ट्रपतिलाई संघले अपिल गरेको छ।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment