गण्डकीः जनमोर्चाका अर्का सांसद पनि तटस्थ, विपक्षीको बहुमत पुगेन

डिसी नेपाल
२९ वैशाख २०७८ १७:२६

काठमाडौं। राष्ट्रिय जनमोर्चाका दुईजना सांसदले आफूह तथस्ट रहेको बताएपछि गण्डकीमा सरकार बनाउने विपक्षी दलहरुको गठबन्धनलाई झड्का लागेको छ। काँग्रेस नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार बनाउने भन्दै काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले बुधबार नै सरकार बनाउने दावी प्रदेश प्रमुख सीता पौडेल समक्ष गरेका थिए।

तर, जनमोर्चाका कृष्ण थापा र खिमविक्रम शाहीले आफूहरु तथस्ट बस्ने घोषणा गरेपछि विपक्षीको गठबन्धनलाई बहुमत अभाव भयो। अब प्रदेश प्रमुख पौडेलले एमालेका नेता कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतले पुनःमुख्यमन्त्री नियुक्त गर्ने सम्भावना देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *