जापानमा प्रवासी नेपाली एकता मञ्चको १७ सदस्यीय सचिवालय गठन
टोकियो। जापानमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट प्रवासी नेपाली एकता मञ्चको सचिवालय गठन गरिएको छ। मञ्चका अध्यक्ष सुरेश केसीको अध्यक्षतामा भएको बैठकले १७ सदस्यीय सचिवालय गठन गरेको हो। भर्चुअल माध्यमबाट मञ्चको बैठक बसेको यिथो। २९ मेमा भएको भर्चुअल बैठक मञ्चका सचिव डा. सरोज कँडेलले गरेका थिए।
१७ सदस्यीय सचिवालयमा अध्यक्ष सुरेश केसी र सचिब सरोज कँडेल रहेका छन् भने सदस्यहरुमा कुलचन्द्र खरेल, मोहन रायमाझी, स्वतन्त्र पौडेल, प्रकाश ढकाल, मिलन घिमिरे, अर्जुन अधिकारी, दीप पाठक, नारायन पौडेल, बुद्धिराज घिमिरे, दीपक घिमिरे, हरि पौडेल, कृष्ट्रिना भण्डारी, मुक्तिराम खरेल, कमल बाँनिया र प्रलादसिङ महत रहेको प्रवासी नेपाली एकता मञ्च जापानका प्रचार विभाग प्रमुख प्रकाश ढकालले जानकारी दिएका छन्।
साथै बैठकले नेकपा एमालेको हित विपरीत गतिविधि गर्ने र पार्टीका अध्यक्ष केपी ओलीका बिरुद्धमा जापानका बिपक्षी भातृ संगठनसँग साँठगाँठ गरी बिज्ञप्ति निकालेर अनुसाशनको उल्लङ्घन गरेको आरोपमा संगठित सदस्य हरि लामिछानेलाई ६ महिनाका लागि संगठित सदस्यबाट निलम्वन समेत गरेको छ। उनलाई निलम्बन गरिएको निर्णय र जानकारी पार्टी केन्द्रीय संगठन बिभागमा पठाउने निर्णय समेत गरिएको छ।
प्रवासी नेपाली एकता मंच अन्तर्राष्ट्रिय कमिटीको निर्देशनमा कोभिड फण्डका लागि प्रवासी नेपाली एकता मंच जापानले जापानमा रहेका समर्थक शुभचिन्कतहरुसँग १ हप्ता सहयोग संकलन अभियान संचालन गरेको थियो। सो अभियानबाट १० लाख ५५ हजार संकलन भएको बैठकमा जानकारी दिइयो। सो रकम अन्तर्राष्ट्रिय कमिटीलाई हस्तान्तरण गरिएको जानकारी गराउँदै बैठकले सहयोग गर्ने सबैलाई धन्यावाद दिएको थियो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment