जनमोर्चाका पदमुक्त प्रदेससभा सदस्य थापाद्वारा सर्वोच्चमा रिट

डिसी नेपाल
२१ जेठ २०७८ १६:०९
128
Shares

काठमाडौं। गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

उनले आफूले पार्टी पनि नछाडेको र ह्वीप पनि उल्लंघन नगरेको दावी गर्दै आफूमाथिको कारबाही अवैध भन्दै रिट दायर गरेका छन्।

राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी गराएका थिए।

गण्डकीमा जनमोर्चाले काँग्रेस नेतृत्वमा सरकार बनाउने निर्णय गरे पनि थापा भने मुख्यमन्त्री गुरुङकै पक्षमा उभिएर पार्टी केन्द्रको निर्णयलाई चुनौती दिएका थिए। त्यसपछि उनलाई पार्टीले कारबाही गरी पदमुक्त गरिदिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *