गणेश लामा पक्राउ
काठमाडौं। विवादास्पद छविका काँग्रेस नेता गणेश लामा पक्राउ परेका छन्। उनी विहीबार कास्कीको पोखराबाट पक्राउ परेका हुन्। कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले लामा पक्राउ परेको पुष्टि गरे। उनले डिसी नेपालसँग भने, ‘निषेधाज्ञाको अवस्थामा कसरी पोखारा आइपुगे भनेर सोधपुछका लागि नियन्त्रणमा लिएका हौं।’
प्रहरीका अनुसार उनी लेकसाइडस्थित एक होटलबाट पक्राउ परेका हुन्। उनी गण्डकी प्रदेशका नविर्तमान मन्त्री दिपक मनाङेलाई विपक्षी गठबन्धनतर्फ मिलाउन पोखरा पुगेका हुन्। लामाकै पहलमा मनाङेले विपक्षी दलहरुलाई सहयोग गर्ने बचन दिएका हुन्। र विहीबार विश्वासको मतमाथि मतदान हुँदा मनाङे अनुपस्थित भएका थिए। उनी सरकारका मन्त्री भए पनि मतदानका लागि प्रदेशसभामा उपस्थित भएनन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment