स्वास्थ्य मापदण्ड अपनाएर अभिमुखीकरण तालिम दिन विभागको आग्रह

डिसी नेपाल
२७ जेठ २०७८ २१:३६

काठमाडौं । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न सम्बन्धित संस्थाहरुलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेहरुको लागि दिइने सो तालिम कारोना कहरमा पनि कतिपय इजाजतपत्रवाला संस्थाहरुले जनस्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना नगरी कक्षा संचालन गरेको भन्दै विभागले सूचनामार्फत त्यस्तो नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय कतारलगायत टर्की र चीनको लागि अन्तर्राष्ट्रिय उडान सुरु भएका छन् । योसँगै वैदेशिक रोजगारीमा जानेहरुको लागि स्वास्थ्य मापदण्ड अपनाएर मात्रै तालिम दिन अभिमुखीकरण तालिम प्रदायक संस्थालाई विभागले आग्रह गरेको छ ।

इजाजत प्राप्त संस्थाले नै स्वास्थ्य मापदण्ड पालना नगरिकन तालिम सञ्चालन गरिरहेको विषयमा थप निगरानी पनि गरिरहेको भन्दै सरकारले जारी गरेको निर्देशनको पालना गर्न पनि तालिम प्रदायक संस्थालाई विभागले सचेत गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *