पद गइसकेका दीपक मनाङेले दिए राजीनामा

डिसी नेपाल
२७ जेठ २०७८ २२:५६

काठमाडौं। गण्डकी प्रदेश सरकारका निवर्तमान युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहीबार प्रदेशसभामा विश्वासको मत गुमाएपछि पदमुक्त भइसकेका छन्। मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि मन्त्री मनाङेको पद पनि गइसेको थियो।

तर, पनि उनी राजीनामा मुख्यमन्त्री गुरुङलाई बुझाएका छन्। मनाङे विहीबार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुँदा अनुपस्थित थिए।

उनले विपक्षी गठबन्धनलाई सहयोग गर्नेसमेत बताइसकेका छन्। उनले विपक्षी गठबन्धनलाई सहयोग गरे विपक्षीको बहुमत पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *