जरिमाना तिरेर छुटे गणेश लामा
काठमाडौं। कास्कीमा पक्राउ परेका काँग्रेसका विवादास्पद नेता गणेश लामा जरिमाना तिरेर छुटेका छन्। कास्की प्रहरीले उनलाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा विहीबार पक्राउ गरेको थियो। जरिमाना तिरेर उनी शुक्रबार छुटेका हु्न्।
जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार लामालाई निषेधाज्ञा तोडेको आरोपमा जरिमाना तिराउने आदेश गरेको थियो। लामा निषेधाज्ञा जारी रहेका बेला पोखरा कसरी आइपुगे भन्दै पक्राउ गरिएको कास्कीका एसपी जीवन श्रेष्ठले जानकारी दिएका थिए।
लामाको पोखरा यात्रालाई गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)सँग जोडेर चर्चा गरिएको छ। मनाङे आफै सहभागी रहेको सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा छलफल हुँदा अनुपस्थित भएका थिए। लामासँगको भेटपछि मनाङेले विपक्षी गठबन्धनलाई सहयोग गरेको चर्चा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment