फोन गरेर गुरुङले दिए नवनियुक्त मुख्यमन्त्री नेपालीलाई बधाई

डिसी नेपाल
२९ जेठ २०७८ १९:१६
184
Shares

काठमाडौं। निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बधाई दिएका छन्। गुरुङले फोन गरेर नेपालीलाई बधाई तथा शुभकामना दिएका हुन्। उनले आफ्नो र पार्टीको तर्फबाट कार्यकाल सफलताको शुभकामनासमेत दिएका छन्।

काँग्रेस संसदीय दलका नेता नेपाली शनिबार संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। सरकार बनाउन निवर्तमान मुख्यमन्त्री गुरुङले दावी गरे पनि प्रदेश प्रमुख सीता पौडेलले विपक्षी गठबन्धनका प्रस्तावित मुख्यमन्त्री नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *