फोन गरेर गुरुङले दिए नवनियुक्त मुख्यमन्त्री नेपालीलाई बधाई

डिसी नेपाल
२९ जेठ २०७८ १९:१६

काठमाडौं। निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बधाई दिएका छन्। गुरुङले फोन गरेर नेपालीलाई बधाई तथा शुभकामना दिएका हुन्। उनले आफ्नो र पार्टीको तर्फबाट कार्यकाल सफलताको शुभकामनासमेत दिएका छन्।

काँग्रेस संसदीय दलका नेता नेपाली शनिबार संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। सरकार बनाउन निवर्तमान मुख्यमन्त्री गुरुङले दावी गरे पनि प्रदेश प्रमुख सीता पौडेलले विपक्षी गठबन्धनका प्रस्तावित मुख्यमन्त्री नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *