महाकालीमा बाटो अबरुद्ध भएको सत्य हो, तर नियतवस होइन् : प्रजिअ जोशी

तर्कबहादुर थापा
३० जेठ २०७८ ८:४४

काठमाडौं। दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले महाकालीमा बाटो अवरुद्ध भएको स्वीकार गरेका छन्। भारतले मान सरोवर जाने बाटो विस्तार गरेपछि महाकाली नदीनको बहाब थुनिन् गइ बाटो बन्द भएको बताए।

डिसी नेपालसँग कुरा गर्दै जोशीले भने, ‘भारतले आफ्नो तर्फको सडक विस्तार गर्ने क्रममा विष्पोटक पदार्थहरु, पड्काउँदा पहिरो गएको र महाकाली नदी अवरुद्ध भएर नेपाल तिरको बाटो अवरुद्ध भएको हो। बाटो अवरुद्ध भएपछि हामीले बैकल्पिक बाटो खुलाएका छौं।’

अहिले बैकल्पिक बाटोबाट आवागम भइरहेको प्रजिअ जोशीले बताए। जोशीका अनुसार नदी थुनिएको विवरण सहित भारतलाई पत्र पठाएको र कुनै पनि जानकारी आएको छै। उक्त पत्र पठाएको जानकारी गृहमन्त्रालयलाई पनि दिइएको छ।

‘त्यसको विवरणसहित नदी खुलाउन पहल गर्नका लागि हामीले भारतलाई पत्र लेखेर पठाएकाछौं। र त्यसको जानकारी गृहमन्त्रालयलाई पनि गराएकाछौं। भारत तर्फबाट कुनै प्रतिक्रिया आएको छैन,’ प्रजिअ जोशीले भने।

कतिपय सञ्चार माध्याममा लिपुलेक हुँदै मानसरोवर जाने बाटोको प्रशंग उठाए पनि अहिले अवरुद्ध भएको दाचुलाको ब्यास गाउँपालिकाको ठिक पारिपट्टी रहेको प्रजिअ जोशीको भनाइ छ।

उनले भने, ‘सरकारले बाटो अगाडि नबढाउनु भनेको लिपुलेख तिरको हो। त्यो चाहिँ दार्चुलाको ब्यास गाउँपालिकाबाट ठिक्क पारीको हो। यो बाटो विवादितबाटो हैन। उनीहरुले बाटो स्तरउन्नति गरेका हुन्। उनीहरुकै जमिनमा पर्छ।’

उनले मानसरोवर जाने बाटो भए पनि भारतकै जमीनमा भएको बताए। ‘विवादित बाटो जुन हामीले मानसरोवर जाने भनेर चिनेका छौंं  त्यो त्यहाँभन्दा धेरै माथि छ,’ उनले भने।

महाकाली थुनीनुको कारण बताउँदै जोशीले भने, ‘नेपाल र भारत दुबैतर्फ भिरालो छ। पहाड छ। कहिले काहीँ हाम्रो तर्फबाट पनि पहिरो गएका कारण महाकाली नदी रोकिएको हुन्थ्यो। महाकाली नदी यो पटक भारततर्फ गएको पहिरोको कारण रोकियो। राष्ट्रिय इस्यू बनाइयो। हरेक वर्ष वर्षा याममा बाढी पहिरो आउँदा हप्ता १० दिन महाकाली अवरुद्ध भइरहेको इतिहास छ। अहिले राष्ट्रियइस्यू बनाइएको मात्र हो।’

महाकालीको बहाब नै परिवर्तन गर्न लागियो भन्ने कुरामा सत्यता नभएको उनको भनाइ छ। उनले भने, ‘पहिरो आएप्छि त नदी थुनिनु स्वभाविक नै हो। महाकाली बढेपछि हाम्रो तिरको बाटो अवरुद्ध हुने बाटो हो। त्यो हाम्रो स्थायीबाटो होइन। म दाबाकासाथ भन्छु यो नियतवश नदी थुन्न र बहाब परिवर्तन गर्नका लागि होइन्। हाम्रो बाटो अवरुद्धभएको चाहीँ सत्य हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *