बेलायतको मेडवे काउन्सिलका काउन्सिलर रहेका पूर्व गोर्खा सैनिक ताशी भुटियाको निधन

डिसी नेपाल
२४ असार २०७८ ११:०४

काठमाडौं। बेलायतको मेडवे काउन्सिलका काउन्सिलर रहेका पूर्व गोर्खा सैनिक ताशी भुटियाको निधन भएको छ । काउन्सिलर ताशी भुटियाले मेडवे काउन्सिलका लागि पछिल्लो १२ वर्षमा ३ कार्यकाल काम गरेका थिए । उनी प्रिन्सेज पार्कका जनप्रतिनिधि थिए । उनको बुधबार बिहान निधन भएको उनकी सहकर्मी काउन्सिलर ग्लोरिया ओप्रालाई उद्धृत गर्दै केन्ट अनलाइनले जनाएको छ

‘धेरै भारी मनका साथ मैले मेरा मित्र तथा सहकर्मी काउन्सिलर ताशीको निधन भएको घोषणा गर्छु’ ओप्राले भनेकी छिन् । ताशीले पहिलो पटक २००९ देखि २०११ को कार्यकालका लागि चुनाब जितेर काउन्सिलर भएका थिए । त्यसपछि २०१५ मा उनी फेरि काउन्सिलर निर्वाचित भए । २०१९ मा उनले तेस्रो पटक चुनाब जितेका थिए । राजनीतिमा आउनुअघि उनी गोर्खा सैनिक थिए ।

हङकङमा तैनाथ हुँदा उनले आफ्नी पत्नी विक्कीलाई भेटेका थिए । विक्की पनि सेनामै कार्यरत थिइन् । उनीहरुले १९८० मा बिहे गरे । उनीहरुका तीन छोराछोरी र २ नातिनातिनी छन् । ताशी गोर्खा नेपाली समुदाय मेडवेका सल्लाहकार पनि थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *