अमेरिकाको न्यूयोर्कमा आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको आरोपमा नेपाली युवा पक्राउ

डिसी नेपाल
३० असार २०७८ ७:३२

काठमाडौं। अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवा आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । मंगलबार बर्गेन काउन्टीका प्रोसिक्युटरले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको अभियोगमा न्यू जर्सीका एक व्यक्तिलाई पक्राउ गरेको बताएको पिक्स ११ ले जनाएको छ

घटना सोमबार भएको थियो । सोमबार राती करिब पौने १० बजेको समयमा माहवाहमा पुलिसको ९११ मा फोन आएको थियो । सूचनापछि घटनास्थल पुगेको पुलिसले ५६ वर्षका फु शेवाङलाई मृत अवस्थामा फेला पारेको थियो । उनलाई कैयौं गोली लागेका थिए ।

अनुसन्धानमा २४ वर्षका मिलन घिमिरेले उनको गोली हानी हत्या गरेको पाइएको छ । मिलन एक ग्यास स्टेशनमा शेवाङका सहकर्मी थिए । उनलाई पक्राउ गरी ब्रेंक्समा हिसारतमा राखिएको छ । घिमिरेमाथि फर्स्ट डिग्री हत्या, हतियार राखेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको अभियोग लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *