ईद विपरित कुनैपनि कार्य नगर्न कतारस्थित नेपालीहरुलाई आग्रह

डिसी नेपाल
१ साउन २०७८ १६:०६

काठमाडौं । ईस्लाम धर्मावलम्बीहरूको महान चाड ईद–अल–अदा संयमित भएर मनाउन नेपालीहरुलाई कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ । कतारमा कार्यरत नेपाली कामदारलाई ईद इस्लाम धर्मावलम्बीको पवित्र चाड भएको स्मरण गराउँदै दूतावासले कतारको धर्म, संस्कृति, परम्परा र मान्यताविपरित कुनै पनि कार्य नगर्न आग्रह गरेको हो ।

दूतावासले विशेषत जाँड रक्सी जस्ता निषेधित पेय पदार्थतर्फ लक्षित गर्दै यसको बेचबिखन र सार्वजनिक स्थलमा उपभोग गर्न–नगराउन अनुरोध गरेको छ । कतारले इदको उपलक्ष्यमा श्रमिकलाई तीन दिनको बिदा दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *