क्रिकेट खेल छोडेर चोरको पछिपछि दौडिए खेलाडी, बीचैमा रद्द भयो खेल

डिसी नेपाल
११ साउन २०७८ १५:४४

काठमाडौं। क्रिकेट खेल चलिरहेका बेला अचानक बीचमैमा खेल छोडेर खेलाडहिरु चोरको पछिपछि दौडिए र अन्ततः चोरलाई समाते । तर, खेलाडीहरु यसरी चोरको पछि दौडिएपछि खेल भने रद्द भयो । ती पाकेटमारले खेलाडीको वालेट र अन्य सामानहरु चोरी गर्ने प्रयास गरिरहेका थिए ।

खेल चलिरहेका बेला ती पाकेटमारले चोरी गर्ने प्रयास गरिरहेको खबर मैदानमा फिल्डिङ गरिरहेका खेलाडीहरुबीचमा फैलियो । उनीहरुले ती शंकास्पद व्यक्तिलाई बाहिर एउटा बेन्चमा बसेको देखे । त्यसपछि खेलाडीहरु ती शंकास्पद व्यक्तिसँग सोधपुछ गर्न भनेर जाँदा ती व्यक्ति भागे । त्यसपछि दुवै टिमका खेलाडीहरुले दौडिएर ती चोरलाई समाते ।

द सनको एक रिपोर्टअनुसार  इङल्याण्डको अक्सफोर्ड नजिकै स्ट्यान्टन हारकोर्ट क्रिकेट क्लवका कप्तान बिल्डर र्यान वास्टीले ती शंकास्पद व्यक्तिलाई समातेका थिए । ‘अर्को टिमका एक खेलाडी बाउन्सर हुन् । त्यसैले उनले पुलिस आउँदासम्म त्यो चोरलाई समातेर राखे’ उनले भने ।

शनिबार चेरवेल लिग अन्तर्गतको खेलमा चोर आउँदासम्म र्यानको टिमले ६ विकेटको क्षतिमा ९२ रन बनाएर खेलिरहेको थियो । उनले भने ‘खेल बीचमै रद्द भयो यो राम्रो भएन तर त्यतिबेला त्यो मानिसलाई रोक्नु नै हामीलाई राम्रो लाग्यो । हामीले उसलाई यत्तिकै जान दिन सक्दैनथ्यौं । थामेर भ्याली पुलिसका अनुसार ३२ वर्षका व्यक्तिलाई हिरासतमा लिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *