कर्मयोगी बद्रीविक्रम स्मृति पुरस्कार कोइराला र मञ्जुश्रीलाई

डिसी नेपाल
११ साउन २०७८ २२:४६

काठमाडौं । यस वर्षको ‘कर्मयोगी बद्रीविक्रम स्मृति पुरस्कार–२०७८’ साहित्यकारद्वय स्वर्गीय जीवनचन्द्र कोइराला र हरि मञ्जुश्रीलाई प्रदान गरिएको छ ।

कर्मयोगी बद्रीविक्रम थापाको स्मृतिमा गुठीले यहाँ आज आयोजना गरेको कार्यक्रममा गुठीका अध्यक्ष तथा संस्कृतिविद् सत्यमोहन जोशीले सो पुरस्कार प्रदान गरे । पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ । त्यसैगरी ‘बद्रीविक्रम चरित्र निर्माण पुरस्कार–२०७८’ ललितपुरस्थित हिन्दू विद्यापिठका विद्यार्थी सीमित पोखरेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गुठीद्वारा प्रकाशित ‘जीनवचन्द्र कोइरालाः व्यक्ति एक व्यक्तित्व अनेक’ र ‘सेवा नेपाल’ (वार्षिक मुखपत्र) विमोचन गर्दै बद्रीविक्रम थापाको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताए । सोही अवसरमा संस्कृतिविद् जोशीले बन्द्रीविक्रम थापा राष्ट्रको हितमा काम गर्ने राष्ट्रिय व्यक्तित्व भएको उल्लेख गरे । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *