अदालतबाट विजय माल्या टाट पल्टिएको घोषणा – Dcnepal

अदालतबाट विजय माल्या टाट पल्टिएको घोषणा

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका बैंकहरुलाई आफ्नो ऋण असुली गर्न सहज भएको छ । अब माल्याको सम्पत्ति जफत गरेर लिलामी गर्न सकिनेछ । विजय माल्या भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर केही वर्ष पहिले बेलायत भागेका थिए ।

माल्या भागेर बेलायत गएसँगै भारत सरकार र केन्द्रीय जाँच एजेन्सीहरु उनलाई भारत फर्काएर ल्याउने प्रयास गरिरहेका छन् । भारतका केन्द्रीय जाँच एजेन्सीहरुले समय समयमा माल्याका सम्पत्ति जफत गरिरहेका छन् । गएको डिसेम्बरमा पनि अनी लण्ड्रिङ कानुन अनुसार प्रवर्तन निर्देशनालयले फ्रान्समा माल्याको १४ करोडको सम्पत्ति सिज गरेको थियो । हालै इडीले माल्याको जफत गरिएको सम्पत्ति बिक्री गरेको थियो जसमा स्टेट बैंक अफ इण्डिया लगायत विभिन्न बैंकले ५ हजार ८ सय करोड रुपैयाँ पाएका थिए ।

माल्याले भारतमा किंगफिशर एयरलाइन्स चलाउँथे । यो एयरलाइन्स अहिले बन्द भइसकेको छ । घोटाला यही एयरलाइन्ससँग सम्बन्धित छ । विजय माल्याले ९ हजार करोड रुपैयाँ घोटाला गरेको बताइएको छ । यसमा प्रवर्तन निर्देशनालय र केन्द्रीय जाँच ब्युरोले जाँच गरिरहेका छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो