जम्मु कश्मिरमा बादल फाट्दा ४० भन्दा धेरै बेपत्ता

डिसी नेपाल
१३ साउन २०७८ १७:१७

काठमाडौं। जम्मु कश्मिरको किश्तवाडमा होंजर डच्चन गाउँमा बादल फाट्दा ४ जनाको मृत्यु भएको छ । १७ जनाको उद्धार गरिएको छ । ४० जना अझै बेपत्ता भएको बताइएको छ । खराब मौसमका कारण उद्धारकार्यमा कठिनाइ भइरहेको छ । घाइतेहरुलाई एयरलिफ्.ट गर्नको लागि एयर फोर्सको समेत सहयोग लिइएको छ ।

उता हिमाचल प्रदेशमा गएराती एक नालीमा बाढी आउँदा कैयौं मानिसको मृत्यु भएको आशंका छ । सुरक्षाकर्मीको उद्धार टोलीले नालीबाट ६ शव निकालेको छ । यो बाढीमा ९ जना बेपत्ता भएको बताइएको छ । एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । राज्य विपद प्रबन्धनका निर्देशक सुदेश कुमार मोख्ताका अनुसार बादल फाटेका कारण अचानक बाढी आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *