दिल्लीमा एक दिनमा नयाँ सङ्क्रमित ६७ जना मात्रै

डिसी नेपाल
१३ साउन २०७८ २२:३१

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा एक दिनमा ६७ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् ।

लामो समय कोरोनाभाइरसको महामारीबाट अति प्रभावित सहर नयाँ दिल्लीमा अहिले दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या अत्यन्त न्यून देखिएको हो ।

दिल्ली स्वास्थ्य विभागले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नयाँ दिल्लीमा कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको छ ।

नयाँ दिल्लीमा कोरोनाभाइरसबाट अहिलेसम्म १४ लाख ३६ हजार ९३ जना सङ्क्रमित भएका छन् । तीमध्ये ५७३ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

कूल सङ्क्रमितमध्ये १४ लाख १० हजार ४७१ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ६१ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।

नयाँ दिल्लीमा पछिल्लो एक दिनमा ५२ हजार ५३३ जनाको कोरोना परीक्षण गरिएकामा ०।०९ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको थियो ।

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा अहिलेसम्म कोरोनाभाइरसका कारण २५ हजार ४९ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये १।७४ प्रतिशतको मृत्यु भएको देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *