अण्डरवर्ल्ड डन दाउद इब्राहिमकी गर्लफ्रेण्डले पाकिस्तानी प्रधानमन्त्री बन्ने इच्छा गरेपछि… – Dcnepal

अण्डरवर्ल्ड डन दाउद इब्राहिमकी गर्लफ्रेण्डले पाकिस्तानी प्रधानमन्त्री बन्ने इच्छा गरेपछि…

काठमाडौं। अण्डरवर्ल्ड डन दाउद इब्राहिमकी गर्लफ्रेण्ड दावी गरिएकी पाकिस्तानी अभिनेत्री महविश हयातले पाकिस्तानी प्रधानमन्त्री बन्ने इच्छा देखाएकी छिन् । उनले आफू अहिलेका प्रधानमन्त्री इमरान खान र उनको पार्टीबाट निकै प्रभावित भएको पनि बताएकी छिन् । महविशले इमरान खान सत्तामा आएपछि पाकिस्तानमा धेरै राम्रा कुराहरु भएको पनि बताएकी छिन् । उनले एक क्रिकेटर प्रधानमन्त्री बन्न सक्ने भए आफू एक अभिनेत्री भएर पनि प्रधानमन्त्री बन्न सक्ने बताइन् ।

आगामी चुनाबमा राजनीतिक रुपले इमरान खानलाई चुनौती दिन लागेको हो भन्ने प्रश्नमा महविशले आफूले इमरानलाई चुनौती दिन नचाहेको तर पछि कसै न कसैले उनको ठाउँ लिनै पर्ने भएकोले इमरानपछि आफू प्रधानमन्त्री पदको लागि दावेदार हुन सक्ने बताइन् । उनले पीटीआइको सरकार आएपछि पाकिस्तानमा समाचको सोचाइमा परिवर्तन आएको बताइन् । आफनो उद्देश्य देशमा सकारात्मक परिवर्तन ल्याउने भएको बताउँदै उनले आफ्नो सपना संसदमा पुगेर पूरा हुन्छ वा नयाँ पार्टी बनाएर भन्ने समयले देखाउने बताइन् ।

पछिल्लो समय महविश अण्डरवर्ल्ड डन दाउद इब्राहिमसँग सम्बन्धमा रहेको केही मिडिया रिपोर्टमा दावी गरिएको छ । केही रिपोर्टमा यो सम्बन्धको कुरा बाहिर आएपछि दाउद निकै आक्रोशित भएको र यो जानकारी सार्वजनिक कसरी भयो भन्ने जाँच गराइरहेको समेत दावी गरिएको छ । रिपोर्टमा दाउदभन्दा २७ वर्ष कान्छी महविश दाउदकी सबैभन्दा ठूलो कमजोरी भएको दावी गरिएको छ । गत वर्ष महविशलाई ‘तमगा–ए–इम्तियाज’ सम्मान दिइएपछि यसबारे चर्चा सुरु भएको थियो ।

दावी गरिएअनुसार दाउदले महविशलाई एक आइटम डान्सको क्रममा देखेका थिए र त्यतिबेलादेखि नै उनी महविशप्रति आकर्षित भएका थिए । त्यसपछि दाउदले महविशलाई कैयौं ठूला प्रोजेक्ट दिलाउन सहयोग गरेको पनि दावी गरिएको छ । दाउदको फिल्म उद्योगमा पुरानो पकड छ । उनको बलिउडका कैयौं हस्तीहरुसँग पनि नजिकको सम्बन्ध भएको दावी गरिन्छ । कराची र लाहोरका निर्माता निर्देशकसँग पनि उनको पुरानो सम्बन्ध छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो