अफगान सुरक्षाबलको कारबाहीमा परी २३ तालिबान लडाकू मारिए

डिसी नेपाल
१४ साउन २०७८ १८:११

काबुल । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकू अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन् । फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकूलक्षित अफगान सुरक्षाबलले बुधबार गरेको हवाइ कारबाहीमा परी २३ तालिबान लडाकू मारिएका सेनाका प्रवक्ता मोहमद हानिफ रेजाईले बिहीबार बताएका छन् ।

बुधबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा भारी संख्यामा हातहतियार, लडाकू समूहका चार ओटा मोटरसाइकललगायतका सामग्रीहरु बरामद गरिएको पनि सरकारी स्रोतले जानकारी दिएको छ । तालिबानले नियन्त्रणमा लिएको अन्य प्रान्तमा पनि खोजी तथा सुरक्षा कारबाहीको कार्य जारी राखेको सरकारी सेनाले बताएको छ ।

फर्याब प्रान्तको प्रमुख भाग नियन्त्रणमा लिएर प्रान्तीय राजधानी मैमाना शहर कब्जा गर्न आक्रमण गरिरहेका तालिबान आतंकवादीहरूले अहिले कुनै टिप्पणी गरेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *