अफगानिस्तानको तालिबान नियन्त्रित क्षेत्रमा भीषण बाढी, कैयौंको मृत्यु

डिसी नेपाल
१४ साउन २०७८ १९:३१

काबुल (एजेन्सी)। अफगानिस्तानको तालिबान नियन्त्रित क्षेत्र नुरिस्तान प्रान्तमा भीषण बाढी आएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार बुधबार राति परेको अविरल वर्षपछि भीषण बाढी आएको छ।

सो बाढीमा परी कम्तिमा ६० जनाको मृत्यु भएको सो प्रान्तका गभर्नर हाफिज अब्दुल कय्यूमले बताएका छन्। उनले सयौं एकड खेति योग्य जमिन पनि बन्जर बनेको बताएका छन्। उनले बाढी प्रभावित क्षेत्र तालिबानको नियन्त्रणमा रहेको भन्दै राहत तथा उद्धारमा तालिबानले सहयोग गर्नुपर्ने बताएका छन्।

उता सो प्रान्तका तालिबान प्रमुखले कम्तिमा १५० जनाको मृत्यु भएको बताएका छन्। उनले बाढी प्रभावित क्षेत्रमा तालिबानले राहतकर्ता पठाएकोसमेत बताएका छन्। उनले राहत तथा उद्धारकर्ताहरुलाई सहयोग गर्न आव्हानसमेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *