भगत सिंहलाई अंग्रेजले फाँसी दिएको दृश्य अभ्यास गर्दा ९ वर्षका बालकको झुण्डिएर मृत्यु

डिसी नेपाल
१६ साउन २०७८ १७:०९

काठमाडौं। अंग्रेजबाट भारतलाई स्वतन्त्र बनाउन लडेका योद्धा भगत सिंहलाई अंग्रेजहरुले फाँसी दिएको दृश्यको अभ्यास गर्ने क्रममा एक बालकको दुर्घटनावश झुण्डिएर मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बदायुँ जिल्लाको बाबत गाउँका ९ वर्षका शिवम नामका बालकको यसरी मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

बिहीबार दिउँसो शिवमका अभिभावक खेतमा गएका थिए । शिवम घरमा आफ्ना भाइ र बहिनीसँग थिए । उनीहरुले भारतको स्वतन्त्रता दिवसको दिन भगत सिंहको स्वतन्त्रता आन्दोलनबारे नाटक देखाउने सोच बनाए । भारतको स्वतन्त्रता दिवस १५ दिनपछि अगष्ट १५ मा पर्छ । भगत सिंहलाई अंग्रेजले फाँसी दिएका थिए । त्यसैले यी बालबालिकाले पनि भगत सिंहलाई फाँसी दिएको दृश्य अभ्यास गर्ने सोच बनाए ।

शुभमले एउटा डोरी खोजे र त्यसको फन्दा बनाएर आफ्नो घाँटीमा राखे । उनी एउटा स्टुलमा उभिएका थिए । अचानक उनको खुट्टा चिप्लियो र स्टुल ढल्यो । यसरी स्टुल ढल्दा फाँसीको फन्दा शुभमको घाँटीमा कसियो । उनको केही मिनेटमै मृत्यु भएको समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *