जापानमा आगामी एक महिनासम्मका लागि संकटकाल घोषणा, चलिरहेको ओलम्पिक के हुन्छ ?

डिसी नेपाल
१६ साउन २०७८ १७:२५

टोक्यो। जापानमा कोरोनाभाइरसका केसहरु बढिरहेको अवस्थामा सरकारले आगामी १ महिना अर्थात अगस्ट ३१ सम्मका लागि संकटकालको घोषणा गरेको छ । यो संकटकाल टोक्यो, साइतामा, चिबा, कानागावा, ओसाका र ओकिनावा प्रान्तमा लागू हुनेछ । यी राज्यका अलावा होक्काइदो, इशिकावा, क्योटो, ह्योगो र फुकुओका प्रान्तमा पनि कोरोनाभाइरस फैलिनबाट रोक्न प्राथमिकताका आधारमा उपायहरु लागू गरिनेछ । अहिले जापानको राजधानी टोक्योमा ओलम्पिक खेल जारी छ जसमा विश्वभरका शीर्ष खेलाडीहरु सहभागी छन् ।

समाचार एजेन्सी एपीका अनुसार जापानको प्रधानमन्त्री कार्यालयले ट्वीट गरेर यसको जानकारी दिएको हो । टोक्यो र ओकिनावामा पहिलेदेखि नै संकटकाल लागू छ जुन २२ अगस्टमा सकिँदै थियो तर अब बढाइएपछि यो ३१ अगस्टमा सकिनेछ । जापानी मिडिया एनएचके वर्ल्डका अनुसार सरकारले देशमा बढ्दो कोरोनाका केसका कारण यो निर्णय गरेको हो । टोक्यो महानगरीय सरकारले २९ जुलाइमा ३ हजार ८६५ नयाँ केसको पुष्टि गरेको थियो । पूरै जापानमा त्यस दिन १० हजार ६९९ नयाँ संक्रमित थपिएका थिए ।

एक दिनको यो संख्या महामारी सुरु भएयताकै सबैभन्दा उच्च हो । रिपोर्टका अनुसार राजधानी टोक्यो र ओकिनावामा यसअघि नै २२ अगस्टसम्मका लागि संकटकाल घोषणा गरिएको थियो । जारी ओलम्पिक र ओबोन विदालाई ध्यानमा राख्दै यहाँ संकटकाल लागू गरिएको थियो । तर, अब तब्रि रुपमा बढ्दो केसका कारण स्थिति बिग्रिएको छ । संकटकालले हारी ओलम्पिकमा अहिल्यै असर पार्ने अवस्था छैन तर ओलम्पिक सकिएपछि टोक्योमा प्यारालम्पिक खेल पनि हुनुपर्ने छ । यो खेल २४ अगस्टबाट सुरु भएर ५ सेप्टेम्बरसम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *