बाबाको काखमा बसेकी छोरीलाई चितुवाले खोसेर लग्यो, ३ सय मिटर पर टाउको मात्र भेटियो

डिसी नेपाल
१९ साउन २०७८ १२:०४

काठमाडौं। घरमा आफ्ना पिताको काखमा बसेकी ६ वर्षकी छोरीलाई एउटा चितुवाले काखैबाट खोसेर लिएर गएको छ । चितुवाले यसरी बालिकालाई लिएर गएपछि खोजी गर्ने क्रममा १२ घण्टापछि बालिकाको टाउको मात्र भेटियो । बालिकाको टाउको घरभन्दा ३ सय मिटर टाढा भेटिएको छ । उनको बाँकी शरीर भने भेटिएको छैन । घटना भारतको उत्तर प्रदेशको बहराइचको हो ।

मोतिपुर रेन्जको जंगलबाट करिब १० किलोमिटर टाढा मिहीपुरवा क्षेत्रको चन्दनपुर गाउँमा आइतबार राती करिब ९ बजे देवतादीन यादव छोरी अंशिका भनिने राधिकासँग घरबाहिर बसेका थिए । त्यही बेला लाइन गयो । अँध्यारो भएपछि देवतादीनले छोरीलाई काखमा लिए । यही बेला चितुवा आयो र झम्टिएर काखबाटै बालिकालाई लिएर गयो । देवतादीन आत्तिँदै चिच्याउँदै चितुवाको पछि गए तर अँध्यारोका कारण चितुवालाई देख्न सकेनन् ।

देवतादीनको आवाज सुनेपछि छिमेकीहरु पनि आए । घटनाबारे थाहा पाएपछि सबै बालिकाको खोजीमा लागे । बालिका नभेटिएपछि वन विभागलाई सूचना दिइयो । वन विभागको टिमसँग पुलिस पनि गाउँ पुग्यो । रातभर बालिकाको खोजी गरियो । १२ घण्टापछि सोमबार बिहान मात्र घरबाट करिब ३ सय मिटर टाढा बालिकाको टाउको भेटियो । बाँकी शरीरको खोजी गरिएको भए पनि फेला पार्न सकिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *